
काठमाडाैं । करिब ५ हजार धावकले प्रतिष्पर्धा गर्ने काठमाडौं म्याराथनको १७ औं संस्करण आगामी कात्तिकमा हुने भएको छ ।
एनआरएस स्पोटर्स फाउण्डेसनले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं म्यारानको आगामी संस्करणको कात्तिक १ गते हुने जनाएको हो । नेपालको सबै भन्दा पुरानो काठमाडौं म्याराथन सन् २००७ देखि शुरु भएको थियो । पत्रकार सम्मेलनमा काठमाडौं म्याराथन र मुख्य प्रायोजक सिद्धार्थ बैंकबीच सहकार्यका लागि सम्झौता पनि भएको छ । एनआरएस स्पोटर्स फाउण्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र सिद्धार्थ बैंकका मार्केटिङ प्रमुख सुरेशराज महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
यो सम्झौता तीन वर्षका लागि भए पनि सहकार्यको अवधि बढ्न सक्ने बताइएको छ । फाउण्डेसनका अध्यक्ष श्रेष्ठले म्याराथन आयोजना गर्नका लागि धेरै कठिन भएको र यस किसिमको आयोजनाले नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने बताएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले काठमाडौं म्याराथन जस्ता आयोजनालाई विश्व व्यापी बनाउन सहयोग गर्नुपर्ने औंल्याउँदै यस किसिमका म्याराथनले पर्यटन विकासमा पनि ठूलो टेवा पुर्याउने आशा व्यक्त गरेका छन् ।
१७ औं संस्करणमा कुल १३ वटा फरकफरक विधामा प्रतिष्पर्धा हुने भएका छन् । मुख्य विधाका विजेताहरूले पुरस्कार पनि पाउने भएका छन् । यसपल्ट करिब ५ हजार धावक काठमाडौं म्याराथनमा दौडिने आयोजकले अपेक्षा गरेकाे हाे।
ताजा अपडेट
- जेन–जी आन्दोलनपछिको बाटो
- मैले ‘दिव्य डिभाइस’ बाट देखेको कुरूक्षेत्र काठमाडौं!
- नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
- कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक
- कानूनी झमेलामा पर्यो ‘बिग बोस १९’, २ करोड भारूको मुद्दा
- सहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- जापानको टोकियोमा खाद्यान्नको मूल्य उच्च
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल
- केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली
- पशुपतिमा नवरात्रि महामहोत्सव सुरू
- आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
- माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने
तपाईको प्रतिक्रिया