Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Tuesday, October 14, 2025
गृहपृष्ठसमाजमुख्य सडकहरूमा निर्वाध रूपमा गाडी सञ्चालन

मुख्य सडकहरूमा निर्वाध रूपमा गाडी सञ्चालन


काठमाडौं ।
देशभरका मुख्य सडकहरूमा निर्वाध रुपमा गाडी सञ्चालन भैरहेको छ । पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको मुग्लिन–नारायणगढ सडकमा पनि दुईतर्फी गाडी चलिरहेको छ ।

अस्ति बिहीवार राति पहिरो पन्छाएपछि खासै समस्या नदोहोरिएको मुग्लिन प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाण्डौ भित्रिने र बाहिरिने सबै सडकहरुको अवस्था सामान्य रहेको छ । दशैँमा ओहोरदोहोर गर्ने यात्रुले सहज रुपमा यात्रा गरिरहेका ट्राफिक प्रहरीको भनाइ छ । तर बेलाबेला पानी परिरहेको र मुग्लिन–नारायणगढ लगायतका सडकमा सुक्खा बेला पनि पहिरो खस्ने जोखिम कायमै रहेकोले यात्रामा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

यस्तै सडक विभागले काठमाण्डौ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ । तोकिएको भाडादरभन्दा बढी भाडा असुल्ने र टिकटको कालोबजारी गर्नेलाई कानुनबमोजिम कडा कारबाही हुने विभागले चेतावनी दिएको छ ।



तपाईको प्रतिक्रिया