Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Tuesday, October 14, 2025
गृहपृष्ठसमाजआज मध्यम वर्षाको सम्भावना

आज मध्यम वर्षाको सम्भावना


काठमाडौं ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायूको प्रभाव छ । तर मनसुनी वायु कमजोर रहेको तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भागमा साधारणतया मौसम बदली रही बाँकी भागमा आंशिक बदली रहने अनुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति कोशी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र बाँकी भागको मौसम मुख्यतया सफा रहनेछ । थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

गएराति काठमाण्डौ उपत्यकासहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । जाजरकोट आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । जाजरकोटको जगातीपूर र कोटजहारी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै झण्डै २९ मिलिमिटर वर्षा मापन भएको छ ।



तपाईको प्रतिक्रिया