Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Tuesday, October 14, 2025
गृहपृष्ठमुख्य समाचारक्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र

क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र


काठमाडौं ।
अघिल्लो वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षा र बाढीरपहिरोजस्ता विपद्को एक वर्ष पूरा भएको छ । अविरल वर्षासँगैको विपद्ले जनधन र बीपी राजमार्गलगायतमा ठूलो क्षति पुर्याएको थियो ।

घरबाससमेत गुमाएका काभ्रेका पीडितलाई अस्थायी आवास निर्माणका लागि सरकारले पहिलो किस्ताबापतको रकम उपलब्ध गराएको छ । जिल्लाका १३ पालिकाका तीन हजार एक सय २८ पीडितलाई पहिलो किस्ताबापत सात करोड ७९ लाख २५ हजार राहत उपलब्ध गराइएको तथ्याङ्क छ । सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार अहिलेसम्म बेथानचोक र रोशी गाउँपालिकाले दोस्रो किस्तावापतको रकम पनि लगेका छन् ।

बाढीपहिरोबाट काभ्रेमा क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति आँकलन भइरहेको छ । एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त निजी आवास पुनर्निर्माण कार्य अलपत्र छ । बाढीपहिरोबाट काभ्रेका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै बेपत्ताको सूचीमा छन् ।



तपाईको प्रतिक्रिया