
काठमाडाैं । नेपाल आर्मीले आफ्नै विभागीय टोली त्रिभुवन आर्मी क्लवका खेलाडीद्वय उसुका विजय सिन्जाली र करातेकी सानुमाया थिङलाई वर्ष उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको छ ।
प्रधान सेनापति ट्रफी २०८२ को समापनको अवसरमा शुक्रबार आर्मीले क्लबका खेलाडीद्वय उसुका विजयलाई पुरुषमा र करातेकी सानुमायालाई महिलातर्फ वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो । गत वर्ष पाएका सफलताका आधारमा आर्मीले आफ्ना विभागका दुई खेलाडीलाई सम्मान गरेकाे छ। विजयले जापानमा भएको तेस्रो थाउलो विश्वकपमा काँस्य पदक जितेका थिए । सानुमायाले भने श्रीलंकामा भएको नवौं दक्षिण एशियाली कराते च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल कातामा रजत पदक जितेका थिए । उनै विजय र सानुमायालाई आफ्नै विभागले शुक्रबार सम्मान गरेकाे छ।
प्रधान सेनापति ट्रफीको समापन समारोहमा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले विजय र सानुमायालाई अजयबल ट्रफी र २५ हजार नगद पुरस्कारसहित सम्मान गर्नुभएकाे थियाे । गत भदौ १७ देखि शुरु प्रधानसेनापति कपमा कुल १४ वटा टोलीले प्रतिष्पर्धा गरेका थिए । उक्त ट्रफीमा उपत्यका पृतना प्रथम र श्री नम्बर १६ बाहिनी अड्डा दोस्रो भयो । गणतर्फ पुरानो गण पहिलो र श्री जगदल गण दोस्रो हुन सफल रहेका हुन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, पूर्वप्रधानसेनापति र बलाध्यक्षलगायतले खेलाडीहरूलाई पुरस्कृत गरेका थिए ।
सोहीअवसरमा उत्कृष्ट रेफ्रीलाई पनि सम्मान गरिएको थियो । ट्रफीमा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबलल गरी कुल आठ खेलमा प्रतिष्पर्धा भएको थियो । प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यतामा साेही समापन कार्यक्रम भएको हो ।
ताजा अपडेट
- जेन–जी आन्दोलनपछिको बाटो
- मैले ‘दिव्य डिभाइस’ बाट देखेको कुरूक्षेत्र काठमाडौं!
- नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
- कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक
- कानूनी झमेलामा पर्यो ‘बिग बोस १९’, २ करोड भारूको मुद्दा
- सहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- जापानको टोकियोमा खाद्यान्नको मूल्य उच्च
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल
- केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली
- पशुपतिमा नवरात्रि महामहोत्सव सुरू
- आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
- माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने
तपाईको प्रतिक्रिया