Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Tuesday, October 14, 2025
गृहपृष्ठखेलकुदभारतले श्रीलंकालाई हरायो

भारतले श्रीलंकालाई हरायो


काठमाडौं ।
एशिया कप टी–२० क्रिकेटको सुपर ४ को अन्तिम खेलमा भारतले श्रीलङ्कालाई सुपर ओभरमा हराएको छ । गएराति यूएईको दुवईमा भएको खेल सुपर ओभरमा पुगेको थियो । जीतका लागि मात्र तीन रन पाएको भारत पहिलो बलमै विजयी भयो ।

वानिन्दु हसरंगाको पहिलो बलमा भारतका सूर्यकुमार यादवले तीन रन जोडे । त्यसअघि दुई सय तीन रनको लक्ष्य पछ्याएको श्रीलङ्काले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय दुई रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा श्रीलङ्कालाई १२ रन चाहिएको थियो ।

तर ११ रन मात्रै जोडेपछि सुपर ओभर पुगेको खेलमा श्रीलङ्का पराजित हुन पुग्यो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय दुई रन बनाएको थियो । एशिया कप क्रिकेटको उपाधिका लागि भोलि भारत र पाकिस्तानले खेल्दैछन् ।



तपाईको प्रतिक्रिया