पशुपतिमा नवरात्रि महामहोत्सव सुरू

काठमाडौं। बडादसैँको अवसर पारेर पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्रि महामहोत्सव’ सुरु भएको छ।
श्रीमाता दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्को आयोजनामा भइरहेको यो महोत्सव असोज १६ गतेसम्म चल्नेछ।
महोत्सवमा दैनिक देवी भागवतको प्रवचनसहित दुर्गा माताको विशेष आराधना, भजन–कीर्तन र धार्मिक कार्यक्रम हुनेछन्।
उद्घाटन सत्रमा परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए। उनका अनुसार महोत्सव धार्मिक सहिष्णुता र सांस्कृतिक एकतामा टेवा पुर्याउनेछ।
उद्घाटनका दिन गुहेश्वरीदेखि बागमतीसम्म कलशयात्रा निकालिएको थियो भने विशेष महाआरती सम्पन्न गरिएको थियो।
यसैबीच, घटस्थापना सुरु भएसँगै देशभरका नवदुर्गा मन्दिरहरू रङरोगन गरी झकिझकाउ बनाइएका छन्।
गाउँदेखि सहरसम्म घर–आँगन पोत्ने, मन्दिर वरिपरिको सरसफाइ गर्ने तथा बत्ती सजावट गर्ने कार्यमा तीव्रता आएको छ। काठमाडौंको मैतिदेवी मन्दिर पनि सोमबार विभिन्न रंगीन बत्तीले सजाइएकाले वरिपरिको वातावरण झिलीमिली बनेको छ।
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा हुन्छ। धार्मिक ग्रन्थ मार्कण्डेय पुराणअनुसार यही दिन चामुण्डा देवीले रक्तबीज राक्षसको संहार गरेकाले महानवमीलाई विशेष महत्वका साथ मनाइन्छ।
नवरात्रको अन्तिम दिन देशभरका शक्तिपीठ र मन्दिरमा पूजा–आराधना र दर्शनका लागि भक्तजनको भीड लाग्ने परम्परा रहेको छ। घटस्थापनादेखि राखिएको जमरा अन्तिम दिन देवी सिद्धिदात्रीको विधिपूर्वक पूजापश्चात् विसर्जन गरिन्छ।
ताजा अपडेट
- जेन–जी आन्दोलनपछिको बाटो
- मैले ‘दिव्य डिभाइस’ बाट देखेको कुरूक्षेत्र काठमाडौं!
- नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
- कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक
- कानूनी झमेलामा पर्यो ‘बिग बोस १९’, २ करोड भारूको मुद्दा
- सहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- जापानको टोकियोमा खाद्यान्नको मूल्य उच्च
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल
- केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली
- पशुपतिमा नवरात्रि महामहोत्सव सुरू
- आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
- माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने
तपाईको प्रतिक्रिया