लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा भारतद्वारा हस्ताक्षर

एजेन्सी । भारतले स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका लागि ७ अर्ब डलरको अर्डरमा बिहीबार हस्ताक्षर गरेको छ।
विश्वको सबै भन्दा ठूलो हतियार आयातकर्ता मध्ये एक राष्ट्र भारतले आफ्नो सेनाको आधुनिकीकरणलाई उच्च प्राथमिकता दिएको हो । साथै घरेलु उत्पादनलाई बढावा दिन बारम्बार प्रयास समेत भारतले गरिरहेको छ। तेजस लडाकुहरूको लागि गरिएको माग एक पटकमा भारतले गरेको लडाकू विमान जेट हरूको सङ्ख्याको हिसाबले सबै भन्दा ठूलो हो।
पहिलो भारतीय जेट तेजस (प्रतिभा) सन् २०१६ मा वायु सेनामा प्रयोगमा ल्याइएको थियो । लडाकुको उन्नत संस्करण, एमके–१ ए को लागि पछिल्लो माग भएको हो । भारतको रक्षा मन्त्रालयले हिन्दुस्तान एरोनोटिक्स लिमिटेड (एचएएल) सँग ९८ लडाकु र २९ ट्विन सिटरसहित ९७ लाइट कम्ब्याट एयरक्राफ्ट (एलसीए) एमके १ ए खरिद गर्न सम्झौता गरेको जनाएको छ ।
एचएएल एक सरकारी रक्षा कम्पनी हो र यसमा १ सय भन्दा बढी भारतीय कम्पनीहरू निर्माण प्रक्रियामा संलग्न रहेका छन् । विमानमा ‘६४ प्रतिशतभन्दा बढी स्वदेशी सामग्री’ प्रयोग गरिएको जनाइएको छ। मन्त्रालयले यी विमानहरूको आपूर्ति सन् २०२७-०२८ सम्ममा शुरू हुने र ६ वर्षको अवधिमा पूरा हुने जनाएकाे हाे ।
नयाँ दिल्लीले विशेष गरी छिमेकी पाकिस्तान लगायत विभिन्न मुलुकबाट खतराको सामना गरिरहेकाे छ ।
ताजा अपडेट
- जेन–जी आन्दोलनपछिको बाटो
- मैले ‘दिव्य डिभाइस’ बाट देखेको कुरूक्षेत्र काठमाडौं!
- नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
- कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक
- कानूनी झमेलामा पर्यो ‘बिग बोस १९’, २ करोड भारूको मुद्दा
- सहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- जापानको टोकियोमा खाद्यान्नको मूल्य उच्च
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल
- केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली
- पशुपतिमा नवरात्रि महामहोत्सव सुरू
- आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
- माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने
तपाईको प्रतिक्रिया