Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Tuesday, October 14, 2025
गृहपृष्ठकला/साहित्य/मनोरञ्जनसामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो

सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो


काठमाडौं ।

यस दशैंमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ । अब ग्राहकले आफ्ना प्रियजनहरूलाई नयाँ ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ जस्ता फोनहरू विशेष र कम मूल्यमा उपहार दिएर पर्व मनाउन सक्नेछन् ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘सामसङमा, हामी मान्छौँ कि रूपान्तरणकारी प्रविधि सबैको लागि सुलभ हुनुपर्छ । यस दशैंमा, हामी केवल विशेष मूल्य मात्र प्रदान गर्दैनौँ – हामी सबैलाई हाम्रो अभूतपूर्व ग्यालेक्सी शृङ्खलाको अनुभव गर्न निम्ती गर्दछौँ । यी जडानका क्षणहरूलाई सक्षम पार्दा हामीलाई गर्व लाग्छ, जसद्वारा तपाईंले आफ्ना प्रियजनहरूसँग माया बाँड्न र यो पर्वको खुशीयाली मनाउन सक्नुहुन्छ ।’

ग्राहकहरूले ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ किन्ने बेलामा ग्यालेक्सीको क्षमता पत्ता लगाउनुको साथै ५०,००० सम्मको क्यासबेक पाउन सक्छन् ।

यसको अतिरिक्त नेपालभरिका प्रमाणित सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवामार्फत् यी अत्याधुनिक स्मार्टफोनहरू ० प्रतिशत ब्याजमा सजिलो ईएमआईमा पाउन सक्नेछन्, जसमा अब पूर्ण मन शान्तिका लागि १८ महिनाको यन्त्र बीमा पनि समावेश छ । यस प्रक्रियामा कुनै कठिनता छैन र केवल नागरिकताको प्रमाणपत्र आवश्यक पर्छ ।



तपाईको प्रतिक्रिया