Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Wednesday, October 15, 2025
गृहपृष्ठमुख्य समाचारआजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने

आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने


काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् ।

सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन भनेका थिए ।

केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

‘कोठा भेटियो । आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ । एक सेट सुत्ने खाने व्यवस्था हुन्छ,’ मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन् ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ ।

‘सेवामा असर नपर्ने गरी कोठा तयार पारिएको छ,’ उनले भनिन् ।



तपाईको प्रतिक्रिया