Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Tuesday, October 14, 2025
गृहपृष्ठकला/साहित्य/मनोरञ्जनसहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै

सहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै


काठमाडौं। सहृदयता इन्टरनेसनल इजरायलले इजरायलमा सांगीतिक कन्सर्ट गर्ने भएको छ। आगामी नोभेम्बर १४ ९कात्तिक २८० मा हुने कन्सर्टमा दीपक बज्राचार्य एण्ड रिदम ब्यान्ड र लोक तथा आधुनिक गायिका सुनिता कटुवालको प्रस्तुति रहनेछ।

कन्सर्टबाट उठेको रकम भौतिक संरचना पुनर्निर्माणका लागि नेपाल सरकारलाई दिइने आयोजक सहृदयता इन्टरनेसनल इजरायलका अध्यक्ष अनिश खतिवडाले बताएका छन्।

आयोजकका अनुसार, कन्सर्टबाट उठेको रकम भदौ २४ मा भएको जेन जी आन्दोलनको क्रममा जलाइएका भौतिक संरचनाको पुनर्निर्माणका लागि प्रदान गरिनेछ।



तपाईको प्रतिक्रिया