Techie IT
  • मंगलबार, असोज २८, २०८२ / Tuesday, October 14, 2025
गृहपृष्ठविदेशभारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ

भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ


एजेन्सी । भारतको लद्दाखबाट सामाजिक अभियन्ता सोनम वाङ्चुक पक्राउ पर्नुभएको छ । उहाँलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए) अन्तर्गत मुद्दा लगाइएको छ । हिजो सोनम पक्राउ परेसँगै लद्दाखको लेहमा इन्टरनेट सेवा बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । गलत सूचना फैलनबाट रोक्न इन्टरनेट सेवा बन्द गरिएको हो ।

लद्दाखलाई राज्यको मान्यता दिन र संविधानको छैटौँ अनुसूचीमा समावेश गर्न माग गर्दै प्रदर्शनमा सहभागी र सुरक्षाकर्मीबीच गएको बुधवार हिंसात्मक झडप भएको थियो । घटनामा चार जनाले ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्मयका अनुसार लद्दाखको लेहमा भएको हिंसात्मक प्रदर्शनमा भारत सरकारले उहाँलाई जिम्मेवार ठहर्याएको छ ।

झडपपछि उहाँले अनशन तोड्नुभएको थियो । भारतको गृह मन्त्रालयले सोनमले नेपालमा हालै भएको जेन–जी आन्दोलनको उदाहरण दिएर भिडलाई उक्साएको आरोप समेत लगाएको छ । भारतीय संविधानको छैटौँ अनुसूचीले लद्दाखजस्ता मुख्यतः आदिवासी समुदाय बसोबास गर्ने क्षेत्रहरूलाई विशेष स्वायत्त राज्यको रूपमा विभिन्न विशेष अधिकारको व्यवस्था गरेको छ । सन् २०१८ मा र्यामोन म्यागसेसे पुरस्कार पाएका अभियन्ता सोनमले केन्द्र सरकारले लगाएका सबै आरोपलाई अस्वीकार गर्नुभएको छ ।



तपाईको प्रतिक्रिया