राजनीतिक दलले जनताकोबीचमा गएर सुझाव लिन ढिलाई गर्नुहुँदैन:पूर्वराष्ट्रपति भण्डारी

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न संकट समाधानका लागि राजनीतिक दलहरुले बढी भूमिका गर्नुपर्नेमा जाेड दिनुभएकाे छ ।
काठमाडौंमा शुक्रबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले मुलुक संकटमा यस्तो अवस्थामा सधैं रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्नेमा जाेड दिनुभयाे । मुलुकलाई निकास दिन राजनीतिक दलहरुलाई सुझाव दिन पनि समाजका सबै तहलाई समेत उहाँले आग्रह गर्नुभएकाे छ।
राजनीतिक दलहरुले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाई गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो । उहाँले भन्नुभयो,-‘सधै यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नु पर्छ । र हाम्रो शक्तिका स्रोत भनेको जनताहरु हुन । मेरो राजनीतिक दलहरुलाई के सुझाव छ भने–उहाँहरुले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गर्नु भएको छ कि छैन ? के सुझाव दिन्छन जनसमूदायले । त्यसका लागि जनताको बीचमा जानुपर्छ जस्तो लाग्छ मलाई । र, पार्टीहरुको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ भन्ने मलाई लागेको छ । पार्टीहरु र विभिन्न सबै आस्थाका धरोहरकोबीचमा छलफल, समन्वय भएर नै हामीले यो समस्यालाई समाधान दिन सक्छौं । र, हामी जस्तो खालको बसाईमा छौं । हाम्रो बसाई, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरुलाई पनि पीर पर्न सक्छ । त्यहाँ पनि समस्याहरु आउन सक्छ । त्यसैले हामीले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । र, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । हामी सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौं । मैले पनि एउटा वरिष्ठ नागरिकको हैसियतले, सबैले चिनेको नागरिकको हैसियतले मैले गर्ने कुरा गर्छु । र दलहरुले बढि भुमिका खेल्नुपर्ने म ठान्छु । र, दलहरुलाई सबैले सुझाव पनि दिनुपर्छ । तर अब दलका नेताहरुले पनि बाहिर चाँही धेरै बोल्ने, आफ्नो पार्टी भित्र केही पनि गर्न नसक्ने यो तरिकाको चाहीँ मेरो आज सार्वजनिक रुपमा नै आलोचना छ । त्यसैले तपाईहरुले सबैको कुरा सुन्नुपर्छ । र त्यो कुराहरुको आधारमा हामीले हाम्रो पार्टीको मर्म र भावना अनुसार काम गर्न सकेको छ कि छैन ? यो कुरा बुझ्नुपर्छ । र, नयाँ पुस्ता कसरी आईराखेका छन ? नयाँ पुस्ताको मनोभावना के छ ? उनीहरुको माग के छन ? त्यसलाई राज्यले कसरी सम्बोधन गर्न सक्छ ? त्यस कुरामा हामी जानुपर्छ भन्ने मलाई लाग्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरुले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समेत बताउनुभयो ।
ताजा अपडेट
- जेन–जी आन्दोलनपछिको बाटो
- मैले ‘दिव्य डिभाइस’ बाट देखेको कुरूक्षेत्र काठमाडौं!
- नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
- कृषि रियालिटी गेम शो ‘र’ मा राजेश हमाल बने महाहोस्ट, ट्रेलर सार्वजनिक
- कानूनी झमेलामा पर्यो ‘बिग बोस १९’, २ करोड भारूको मुद्दा
- सहृदयता इन्टरनेसनल इजरायलले नोभेम्बरमा परोपकारी कन्सर्ट गर्दै
- भारतको लद्दाखबाट अभियन्ता सोनम वाङचुक पक्राउ
- जापानको टोकियोमा खाद्यान्नको मूल्य उच्च
धेरैले पढेको
- जेनजी क्रान्तिमा अस्ताएका सपुतहरूलाई सम्झिंदा
- सामसङको दशैं अफर : ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ को मूल्य घट्यो
- फ्रिडम फोरमद्वारा राससलाई ३१ थान पुस्तक हस्तान्तरण
- योगेश भट्टराईले गरे एमाले पुनर्गठनको अपिल
- केही व्यक्तिले पहिलेदेखि नै सिंहदरबार जलाउँछु भनेकै थिए : अध्यक्ष ओली
- पशुपतिमा नवरात्रि महामहोत्सव सुरू
- आजदेखि शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्ने
- माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड गर्ने
तपाईको प्रतिक्रिया